रविलाई ‘आउट’ गर्ने रवि भन्छन् -‘रविजी आजै पुनः मन्त्री बन्न सक्नुहुन्छ’

पाेखरा | माघ १५, २०७९

रविलाई ‘आउट’ गर्ने रवि भन्छन् -‘रविजी आजै पुनः मन्त्री बन्न सक्नुहुन्छ’

उपप्रधानमन्त्री, गृहमन्त्री, सांसदसँगै पार्टीको सभापतिबाट आउट गर्न भूमिका खेलेका अधिवक्ता रविराज बसौलाका अनुसार रवि लामिछाने आज पुनः सांसद हुँदै मन्त्रीको जिम्मेवारीमा फर्कने सम्भावना प्रबल छ । 

 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ बाट प्रत्यक्ष निर्वाचित भई सत्ता समीकरणमार्फत उपप्रधान र गृहमन्त्री भएपछि नागरिकता विवादमा सर्वाेच्च अदालतबाट भएको फैसलाले उनलाई  चारै पदबाट ‘आउट’ गरेको हो । 
 

 

सर्वाेच्च अदालतमा रविको नागरिकतासम्बन्धी रिट दिएका अधिवक्ता बसौला भन्छन् ‘उहाँ (रवि)ले आज नागरिकता पाउनुहुन्छ र आजै वा भोलीसम्म पुन मन्त्री बन्न सक्नुहुन्छ ।’ सांसद नभएपनि ६ महिनासम्म मन्त्रीमण्डलको सदस्य हुने पाउने प्रावधना रहेकाले लामिछाने आज पुनः मन्त्री हुनसक्ने बसौलाको भनाई छ । 

 

अमेरिकी नागरिकता त्यागेर नेपाल फर्किएपछि लामिछानेले वंशजकै आधारमा नागरिकता पाउने छन् । ‘सर्वाेच्चमा मैले रिट दिनुको उद्धेश्य रवि लामिछानेविरुद्ध जानु होइन’ अधिवक्ता बसौला भन्छन् ‘राष्ट्र हाँक्ने पदमा पुगेका सम्मानित व्यक्तिलाई जिम्मेवार बनाउनु मात्र हो ।’

 

पार्टीको सभापतिको हैसियतले कहाँ–कहाँ लामिछानेले हस्ताक्षर गरेका छन् त्यस्ता निर्णय र सम्बन्धित विषयमात्र खारेज हुने उनको भनाई छ । 

 

रोचक त यो छ कि दुबै रवि पहिले पत्रकारितामै सक्रिय थिए । 

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझैपनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा नरहेको प्रष्ट पार्नुभएको छ ।  बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर...

थप पढ्नुहोस्

अन्र्तराष्ट्रिय:  नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई बिदाइ दियो । सन् २०२५ डोनाल्ड ट्रम्पको पुनः राष्ट्रपतित्व, गाजामा युद्धविराम र युक्रेनमा शान्तिका व्यर्थ प्रयासको वर्षको रूपमा चिनिन्थ्यो । यो ...

थप पढ्नुहोस्